काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कार्यकर्तालाई पार्टीको आगामी महाधिवेशन २०८२ को मंसिर मसान्तसम्म हुनैपर्छ भनेर सामाजिक सञ्जालमा लेख्न निर्देशन दिएका छन् ।
कांग्रेस संस्थापनइतर समूहका नेतासमेत रहेका कोइरालाले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा यस्तो निर्देशन दिएका हुन् ।
आफूहरूले समयमै अधिवेशन हुनुपर्छ भनेर आवाज नउठाए कसैले उठाउन नसक्ने उनको भनाइ थियो।


