काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, राजावादीहरूको सक्रियता, पार्टीका आन्तरिक गतिविधिलगायत विषयमा छलफल हुनेछ ।