प्रधानमन्त्रीले कुलमानबारे चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्न नदिने प्रचण्डको उद्घोष
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले कुलमानलाई हटाउनुपर्ने कारणको चित्तबुझ्दो जवाफ नदिएसम्म संसद चल्न नदिने उद्घोष गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो धारणा ब्यक्त गरेका हुन् ।
उनले प्रधानमन्त्रीको स्पष्टीकरण चित्तबुझ्दो नभए आन्दोलन अघि बढ्ने जिकिर गरे । प्रचण्डले संक्रमणकालीन न्यायसंगसम्बन्धी विषयमा प्रधानमन्त्रीसँग सहमति भएपछि आफू हिँडेको र त्यस दिन कुलमानबारे कुनै चर्चा नभएको जिकिर गरे । सरकारले आफ्नो निर्देशन पालना नगरेको आरोप लगाउँदै कुलमानलाई हटाएको थियो ।