काठमाडौं । आजबाट प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर अवकासमा जाने भएपछि नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक को बन्ला भन्ने निकै चासोको विषय बनेको छ ।
आइजीको दौडमा नेपाल प्रहरीको ११० ब्याचका एआईजीहरू दीपक थापा, टेकबहादुर तामाङ र सुदीप गिरी रहेका छन् ।अहिले एआइजी थापा केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख छन् भने एआईजी तामाङ उपत्यका प्रहरी कार्यालयको प्रमुखका रुपमा कार्यरत छन् । यसैगरी एआइजी गिरी प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा रहेका छन् ।
सरकारले आज बस्ने मन्त्रिपरिषद्बाट प्रहरी महानिरीक्षकमा बढुवा गर्ने तयारी गरेको छ।
प्रहरी महानिरीक्षक नियुक्तिमा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमतालाई आधारमा एआइजी दीपक थापालाई महानिरीक्षक बनाइने तयारी रहेको बताइएको छ ।
आजदेखि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित ९ उच्च अधिकृतहरू एकसाथ अवकाशमा जाँदैछन्। अतिरिक्त महानिरीक्षकहरू टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह र जनक भट्टराई पनि अवकाशमा जान लागेका हुन्।