काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएको छ।
आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी सांसद लेखनाथ दाहालले यस्तो बताएका हुन्
‘समस्या सडकभन्दा सरकारमै छ। अनियमितिता छ। सरकारमै बसेर व्यवस्थाविरोधी गतिविधि गर्नेलाई निरुत्साहित गर्ने र यो प्रक्रियाबाट बाहिर ल्याउन संघीय लोकतान्त्रिक गणतन्त्रपक्षधरहरू एक ठाउँमा उभिने सहकार्य गर्ने थालनी भएको छ,’उनले भने, ‘गणतन्त्र विरोधीहरूसँग हाम्रो सहकार्य हुँदैन। गणतन्त्र पक्षधरहरूको सरकार बन्ने सम्भावनाको ढोका खुलेको छ।’