काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले जनवर्गीय संगठनमा केन्द्रीय पदाधिकारीको संख्या ९ जना मात्रै बनाउने निर्णय गरेको छ। आइतबार पार्टी कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकपश्चात महासचिव शंकर पोखरेलले यस्तो जानकारी दिएका हुन् ।
पोखरेलले जनसंगठनमा केन्द्रीय कमिटी, सचिवालय र स्थायी कमिटीको अभ्यास भइरहेकोमा अब स्थायी कमिटीको संरचना नराख्ने निर्णय भएको जानकारी दिए।
उनका अनुसार अब जनसंगठनमा अध्यक्ष एक जना, उपाध्यक्षमा एक जना महिलासहित २ जना, महासचिव १ जना, उपमहासचिव १ जना, सचिव र कोषाध्यक्षसहित ४ जना गरी ९ जना पदाधिकारी रहनेछन्।
‘