काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब राजतन्त्र फर्कन सम्भव नरहेको बताएका छन् । उनले जनताले एकपटक फालिसकेको राजतन्त्रलाई स्वीकार नगर्ने बताए ।
देशकै सबैभन्दा ठूलो कागज उद्योगको उद्घाटनका लागि बिहीबार महोत्तरी पुगेका ओलीले नेपालमा जन्मिँदै कोही राजा हुने र कोही रैती भएर बस्ने दिन अब फर्किएर नआउने पनि बताएका छन् ।
पछिल्लो समय राजावादीहरूको गतिविधि बढिरहेका सन्दर्भमा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर अघि बढ्न पनि चुनौती दिएका छन् । ओलीले हिमाल, पहाड,तराई जता पनि उठ्न पाइने भएकाले २०८४ को चुनावमा प्रतिस्पर्धामा उत्रिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरे ।