काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार काठमाडौँमा आयोजित र्यालीमा भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राख्न लगाएको आरोप लगाएका छन्।
राप्रपाका सांसद शाहीले सोमबार समाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् ।
पूर्वराजा शाह आइतबार (फागुन २५) पोखराबाट काठमाडौं फर्कंदा विमानस्थलबाहिर राजावादीको ठूलो समूहले स्वागत गरेको थियो । राप्रपा, राप्रपा नेपाललगायत दलका नेताहरू पनि स्वागतका निम्ति पुगेका थिए ।
उक्त र्यालीमा सहभागी व्यक्तिले आदित्यनाथको तस्बिरको पोस्टर पनि बोकेको देखिएको थियो ।