काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अनुशासित विद्रोहको प्रतिनिधि पात्र प्रधानमन्त्री केपी शर्मा ओली भएको तर्क गरेका छन् । महासचिव पोखरेलले सोमबार काठमाडौंमा ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ नाम पुस्तक लोकार्पण समारोहलाई सम्बोधनका क्रममा यस्तो बताएका हुन् ।
सीमामा रहेर अघि बढ्यो भने उपलब्धि हासिल हुनसक्ने कुरा उनको जीवनीबाट लिन सकिने बताए। उनले प्रधानमन्त्री ओलीमाथि किन घेराबन्दी भइरहेको छरु भन्ने कुराको विमर्श गर्न जरुरी रहेको बताए। प्रधानमन्त्री ओली नेपाली समाजमा सबैभन्दा बढी खोजिने पात्र रहेको बताए।