काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका दुईजना पूर्व अध्यक्षहरु दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा उनीहरुलाई भ्रष्टाचारी गरेको ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, रित्तेन्द्र थापा र विदुर कोइरालाको इजलासले एमडीएमएस खरिद गर्दा २३ करोडभन्दा बढी भ्रष्टाचार भएको ठहर गरेको हो।
तर अदालतले अख्तियारले प्रतिवादी बनाएकामध्ये आनन्दराज खनाल, दिपेश आचार्य, सुरेन्द्रलाल हाडा, मीनप्रसाद अर्याल, अच्युतानन्द मिश्र, रेवतीराम पन्थ, सन्दीप अधिकारी, विनोदचन्द्र श्रेष्ठ, सूर्यप्रसाद लामिछाने, प्रतीक्षा पौडेल, विजयकुमार राय यादव र निराजन कोइरालालाई भने विशेषले सफाइ दिएको हो।