काठमाडौं । सोमबार उच्च अंकले बढेको शेयर बजारमा मंगलबार भारी गिरावट आएको छ । आज शेयर बजार परिसूचक (नेप्से) ३० दशमलव ३६ अंकले घटेको हो ।
मंगलबार ३१८ कम्पनीका २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर खरिद बिक्रीबाट १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९३९ रुपैयाँ बराबरको कारोबार भएको छ
आज १३ उपसमूहमध्ये सबै राताम्मे छन् । मंगलबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।