काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश अव लोकतान्त्रिक व्यवस्थाबाट पछि फर्कन नसक्ने दावी गरेका छन् ।
उनले आइतबार काठमाडौंमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आयोजित महिला नेतृत्व सम्मेलनको उद्घाटनका क्रममा यस्तो जिकिर गरेका हुन् ।
सरकार र निजी क्षेत्रको सहकार्य बढाउँदै विविध क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गरिएको उनको भनाइ छ । अर्थतन्त्रको विकासका लागि सरकार सुशासनमा प्रतिबद्ध रहेको र निजी क्षेत्रको अगुवाइपूर्ण भूमिकालाई महत्व दिन तत्पर रहेको प्रधानमन्त्रीले बताए ।