काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले व्यवस्थाविरोधी शक्तिहरू सुनियोजित रुपले अगाडि बढेको बताएका छन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका उनले विहीबार प्रेस सेन्टर नेपाल दोलखा जिल्ला समितिद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले अहिलेको सरकारले अलोकप्रिय काम गरेकै कारणले राजावादीहरूले सक्रियता बढाउने मौका मिलेको दाबी गरे । उनले अहिलेको सरकारले भ्रष्टाचारमा केन्द्रित रहेको भन्दै लोकतन्त्र, देश र जनताको हितमा काम नगर्ने दाबी गरे ।