काठमाडौं । राष्ट्रिया स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले श्रम कार्यालय ताहाचलमा दैनिक ७५ लाख असुली हुने आरोप लगाउका छन् । पूर्वश्रममन्त्रीसमेत रहेका उनले प्रतिनिधिसभा बैठकमा बोल्दै श्रम मन्त्रालय घुसको अड्डा बनेको आरोप लगाएका हुन्।
उनले अहिले कामको लागि विदेशिन बाध्य युवाहरूसँग ताहाचल कार्यालयले दैनिक करिब ७५ लाख घुस असुली गरिरहेको आरोप लगाए । यसबारेमा मन्त्री र डीजीलाई जानकारी गराउँदासमेत बेखबर भएजस्तै भएको उनको आरोप छ ।