काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको निष्कर्ष निकालेको छ ।
आज पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले विशेष प्रस्ताव पारित गर्दै प्राप्त उपलब्धीहरुलाई अस्वीकार गर्ने, नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने र त्यसैको बहानामा मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य हुन नसक्ने जनाएको हो ।