काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको सेयर बजार आज पनि उच्च अंकले घटेको छ । आजनेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव २१ अङ्कले घटेको हो।
आज १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता सेयर किनबेचबाट ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज विकास बैङ्क समूह एक दशमलव ९३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।
बैंकिङ शून्य दशमलव ७१, वित्त एक दशमलव ५७, होटल तथा पर्यटन एक दशमलव १३, जलविद्युत् एक दशमलव ५१, लगानी एक दशमलव ८९ र जीवन बीमा समूह एक दशमलव ३० प्रतिशतले घटेको छ।