काठमाडौं । आज सत्तारुढ दल नेकपा एमालेले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्षगाँठ मनाउने भएको छ।
कार्यक्रमलाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले १ बजे सम्बोधन गर्नेछन्।
कार्यक्रममा नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेका सातजना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्ने उनले बताए। आजको कार्यक्रममा पार्टी केन्द्रबाट प्रकाशित ‘शेल्टर’ नामको पुस्तक विमोचन गरिने छ।