काठमाडौं । सोमबार सेयर बजार एकल अंकले घटेको छ । आज सेयर परिसूचक (नेप्से) ७.७५ अंकले घटेको हो ।
आज कारोबार रकम बढेर आठ अर्ब ७७ करोड ५७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
आज ११२ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १३३ कम्पनीको सेयरमूल्य घटेको छ । सिटी होटेलको सेयरमूल्य भने स्थिर छ ।
कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक बढेको छ । बाँकी सात समूहको परिसूचक घटेको छ ।