काठमाडौं । सहसचिव चन्द्रकला पौडेल सचिवमा बढुवा भएकी छन्उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गरेको हो।
बढुवा समितिले पौडेलसहित वरिष्ठताक्रममा अगाडि रहेका तीन सहसचिवको नाम बढुवाका लागि सिफारिस गरेकामा मन्त्रिपरिषद्ले उनको नाम अनुमोदन गरेको हो।
उनीसहित सहसचिव शोभाकान्त पौडेल र भूपाल बरालको नाम लोकसेवा आयोगले बढुवाका लागि सिफारिस गरेको थियो। राजश्व प्रशासनकी क्याडर पौडेल गण्डकीको अर्थ सचिव भइसकेकी छन्।