काठमाडौं । नेपाल र भारत महानिर्देशकस्तरीय वार्तामा एक आपसमा सहकार्य र समन्वयलाई जोड दिइएको छ । दुई देशबीचको अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीबीच काठमाडौंमा वार्ता सुरु भएको हो ।
वार्तामा दुई देशका भन्सार कार्यालयबीच निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचना अग्रीम रूपमा उपलब्ध गराउनेलगायत विषयमा छलफल हुनेछ ।
तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल आउने तथा नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुकसम्म निकासी हुने मालवस्तु बोकेका मालबाहक कन्टेनरमा विद्युतीय कार्गो ट्रयाकिङ प्रणाली लागु गर्ने, आयात–निर्यात हुने मालवस्तुको गुणस्तर परीक्षणलगायत विषयमा छलफल हुने सूचना अधिकारी नारायणप्रसाद रेग्मीले बताए ।