काठमाडौं । आज बिहान नेपालको सीमा नजिकै चीनको देङ्गी केन्द्र बनाएर भूकम्प गएको छ ।
आज बिहान ४ बजेर ५ मिनेटमा पाँच म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमाबाट १८ किलोमिटर उत्तरतर्फ रहेको केन्द्रले जनाएको छ ।