काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार स्थिरताका लागि बनेकाले सरकारको आयुबारेका भएको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।
उनले विहीबार लोकतन्त्र दिवसको अवसरमा व भृकुटीमण्डपमा पार्टीद्वारा आयोजित युथ सेलिब्रेसनमा यस्तो बताएका हुन् ।
उनले भने, ‘यो संयुक्त सरकार संकल्पसहित बनेको हो । यो स्थिरता र स्थायित्वका लागि बनेको हो । सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ । त्यसैले एमालेले सरकार बनाउँ, सरकार बचाउँ भनेर कराएको छैन । एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ, हामीले ७० को चुनाव भन्यौं, ०७४ को चुनाव भन्यौं, ७९ को चुनाव भन्यौं अब ०८४ को चुनाव भनिरहेका छौं । त्यसैले ढुक्कले मिसन ०८४ मा लाग्नुस् ।’