काठमाडौंं । नेपाल प्रहरीका ६ जना डीआईजीहरु अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस भएका छन् ।
आज बसेको बढुवा समितिको बैठकले उनीहरुलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। सिफारिस सूचीको पहिलो नम्बरमा चन्द्र कुवेर खापुङ छन् भने दोस्रोमा लालमणि आचार्य रहेका छन् । त्यसपछि क्रमशः कृष्णहरि पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा.मनोजकुमार केसी छन्।
उनीहरूलाई डीआईजीमा बढुवा भएको वरियता अनुसार नै एआईजीमा बढुवा सिफारिस गरिएको छ। बढुवामा राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएको टोली भने छुटेको छ ।