काठमाडौं । हिजो मात्र शिक्षामन्त्रीमा नियुक्त भएका रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन्।
उनले बिहीबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसहित सहभागी थिए । विद्या भट्टराईले राजीनामा दिएपछि रिक्त शिक्षामन्त्रीमा बुधबार पन्त नियुक्त भएका थिए ।
‘