काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकका मागप्रति सरकार उदासीन रहेको आरोप लगाएका छन् ।
बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष दाहालले आन्दोलनरत शिक्षकहरूका मागहरू संसद्बाटै सम्बोधन गर्न सांसदहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन्।
उनले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको संघर्षमा जनताको पक्षमा विजय भएको दाबी गरे।
उनले माओवादीले लोकतान्त्रिक प्रक्रियामा जनताको पक्षमा विजय हासिल गर्दै अघि बढिरहेको बताए। ुअध्यक्ष दाहालले सरकारले शिक्षकका मागहरू सम्बोधन गर्न नसकेकाले अब संसद्बाटै सम्बोधनका लागि भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिए।