काठमाडौं । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा १० अर्ब भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिले निष्कर्ष निकालेको छ ।
उपसमितिले नीतिगत भ्रष्टाचारमा जोडिएका आठ कर्मचारीमाथि कारवाही गर्न प्रतिवेदनमा सिफारिस गरिएको छ ।
छानबिन समितिले विमानस्थलको सम्भाव्यता अध्ययनदेखि निर्माण सम्पन्नहुँदा सम्मको नीतिगत, प्रक्रियागत र कार्यान्वयनमा संलग्न जिम्मेवारी प्राप्त सम्पूर्ण निर्णयकर्ता पदाधिकारीहरु, कर्मचारीहरुका रुपमा महानिर्देशक प्रदिप अधिकारी,पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजनाका प्रमुख विनेश मुनाकर्मी,राष्ट्रिय गौरव आयोजनाका निर्देशक चाँदमाला श्रेष्ठ,राष्ट्रिय गौरव आयोगनाका इन्जिनियर प्रविन न्यौपाने,राष्ट्रिय गौरव आयोजनाका प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेल,नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक इ. बाबुराम पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक संजिव गौतम लगायतलाई कारवाहीको सिफारिस गरेको छ ।


