काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी आर्थिक वर्षमा कम्तीमा ४० अर्ब रुपैयाँ विनियोजन भए मात्रै स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिन सकिने प्रष्ट पारेका छन् ।
मन्त्री पौडेलले मंगलबार अगामी आर्थिक वर्षको बजेटबारे सोमबार प्रदेश सरकारहरूसँगको छलफलका क्रममा यस्तो बताएका हुन् ।
उनले बक्यौता तिर्नेगरी बजेट विनियोजन नहुने हो भने बिमा कसरी चल्छ ? भन्दै प्रश्न गरे। उनले चालु आर्थिक वर्षमा महिनाको औषत खर्च २ अर्ब रुपैयाँको दरले १२ महिनाको २४ अर्ब खर्च हुने अनुमान रहेको बताए।