काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसले पार्टीपदाधिकारी बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार बस्नेगरी बैठक बोलाएका हुन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पर्सि बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्नेछ।
बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा कुराकानी हुने उनले बताए।
बैठकले भारत र पाकिस्तान युद्धमा पार्टीको धारणा पनि तय गर्नसक्ने सुनाए। सत्तारुढ दल एमालेसँग कुरा नमिल्दा राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको छ। बैठकमा त्यसबारेमा पनि छलफल हुने जनाइएको छ।