काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेता जनार्दन शर्माले भेटवार्ता गरेका छन् ।
नेता शर्माले सामाजिक भेटवार्ताको जानकारी आफ्नो सामाजिक सञ्जालमार्फत गराएका हुन् ।
भेटका क्रममा देशको समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको शर्माले बताएका छन् ।