काठमाडां । पेट्रोल र डिजेलको मूल्य घटेको छ।
नेपाल आयल निगमका अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको हो। घटेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ।
अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमशः १५७ र १४२ रुपैयाँ, सुर्खेत र दाङमा क्रमशः १५६ र १४१ तथा बाँकी ठाउँमा १५४.५० र १३९.५० कायम भएको छ।