काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को जिल्ला अदालतका कम्प्युटर अपरेटर २ लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालतमा कार्यरत राम लखन बनियालाई दुई लाख घुससहसित पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुर चोकबाट नियन्त्रणमा लिएको हो ।
उनले लागुऔषध मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका व्यक्ति छुटाइदिने भन्दै दुई लाख घुस लिएको आरोप छ ।