काठमाडौं । निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारीको लागि भोलिदेखि सन्ध्याकालीन सेवा सञ्चालन हुने भएको छ।
अस्पतालले सूचना जारी गर्दै आइतबारदेखि बेलुकी ४ बजेदेखि ८ बजेसम्म सहुलियतपूर्ण सेवा सञ्चालन हुने जानकारी गराएको हो।
निजामती कर्मचारीहरुबाट प्राप्त गुनासो सम्बोधन गर्न अस्पताल विकास समितिको वैशाख २२ गते बसेको बोर्ड बैठकले सन्ध्याकालीन सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो।
।


