काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार उल्टो बाटोमा हिँडिरहेको टिप्पणी गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका उनले शुक्रबार माओवादी केन्द्रको ‘मध्यपहाडी लोकमार्ग जागरण कार्यक्रम’ अन्तर्गत शुक्रबार बागलुङमा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।
उनले सरकारप्रतिको आक्रोशलाई समयमै सम्बोधन गर्न नसके ठूलो जनआन्दोलनको स्थिति बन्ने बताए ।
दाहालले प्रतिपक्षी दलको हैसियतले सरकारलाई खबरदारीमात्रै गरेको बताए । उनले जनतामा आन्दोलनको अपिल गरिनसकेको भन्दै सरकार यही रूपमा अघि बढे बर्खापछि ठूलो जनविद्रोह गर्ने चेतावनी दिए ।