काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले सामाजिक सञ्जालको मात्रै भर पर्न नहुने बताएका छन् ।
सोमबार रसुवाको कालिका हिमालय माध्यमिक विद्यालयको स्वर्णजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालमा मात्र भर परेर धारणा बनाउन नहुने बताएका हुन् ।
सामाजिक सञ्जालका माध्यमबाट ‘व्यवस्था फेरियो, अवस्था फेरिएन’ भन्दै अफवाह फैलाउने काम भइरहेको उनको भनाइ थियो ।