काठमाडौं । बुधबार पनि सेयर बजारमा गिरावट जारी छ । ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो। आज नेप्से परिसूचक १३.९६ अंकले घटेर २६२०.२७ विन्दुमा कायम भएको छ।
आज ३१५ स्क्रिप्सको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार १०५ रुपैयाँमा खरिदबिक्री भए।
अघिल्लो दिन मंगलबार ९ अर्ब माथिको सेयर कारोबार भएको थियो। नेप्से दोहोरो अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।
कारोबार रकमका आधारमा राधी विद्युत शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५९ करोड ३२ लाख मूल्य बराबरको सेयर कारोबार भयो।