काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना उपसचिवहरूको सरुवा गरेको छ। लोक सेवा आयोगको सिफारिसमा आन्तरिक प्रतियोगितामार्फत नियुक्त भई मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवहरूको सरुवा गरिएको हो ।
सरुवा गरिएकामध्ये १९ जनालाई जिल्ला समन्वय समिति र ४ जनालाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको हो ।




