काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि करिब १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।
संवैधानिक प्रावधान बमोजिम जेठ १५ गते बजेट पेस गर्नुपर्ने भएकाले आज अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन् ।
अपरान्ह ३ बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री आव २०८१र ८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहेको छ । यसैबीच आगामी बजेटमा सरकारी कर्मचारीको तलब १० प्रतिशत बढाउने आँकलन गरिएको छ ।


