काठमाडौं । ठूलो परिमाणमा भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको गस्तीले मेचीनगर–७ स्थित जोरसिमलमा काँकरभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको बसमा शंका लागि जाँच गर्ने क्रममा भारु १४ लाख ९९ हजार सात सय रुपैयाँ फेला परेको हो।
उक्त रुपैयाँसहित मोरङ उर्लाबारी-८ का ३८ वर्षीय डम्बरबहादुर कार्कीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले जानकारी दिए।


