काठमाडौं । सरकारले ६ जना सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको सरुवा गरेको हो ।
सरुवा अनुसार हरिप्रसाद मैनाली स्वास्थ्य तथा जनसंख्याबाट संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय पुगेका छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चुडामणि पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लगिएको छ । शिक्षामा रहेका दीपक काफ्लेलाई राष्ट्रपति कार्यालय पठाइएको छ।
त्यस्तै वागमती प्रदेशमा प्रमुख सचिव रहेका महादेव पन्थलाई स्वास्थ्य मन्त्रालय ल्याइएको छ । यसैगरी भर्खरै मात्रै सचिव बढुवा भएका शोभाकान्त पौडेल गण्डकी प्रदेशको प्रमुख सचिवमा खटाइको छ । सोमबारकै बैठकबाट सचिवमा बढुवा भएका भूपाल बराललाई बागमती प्रदेशको प्रमुख सचिव र दिनानाथ मिश्रलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गरिएको छ।


