काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पोखरा विमानस्थल निर्माणमा घोटाला भएको बताएका छन् ।
उनले जाइकाको अध्ययनमा पहिलो फेजमा ४० मिलियन डलर र दोस्रो फेजमा ४५ मिलियन डलरमा अध्ययन भएको उल्लेख गर्दै सरकारसँग १४५ मिलियन डलरको योजना रहेकामा त्यसलाई ३०५ मिलियन बिड किन र कसरी स्वीकृत गरियो भन्नेबारे स्पष्ट जवाफ चाहिनेमा जोड दिए ।
उनले १४५ मिलियन डलरको योजना अन्ततः २१५ मिलियनमा सहमति भएकोमा स्पष्ट रूपमा भ्रष्टाचार देखिएको बताए ।
उनले प्राविधिक दृष्टिकोणबाट पनि गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिँदै प्रतिवेदनलाई पूरक मतसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउन आग्रह गरे ।


