काठमाडौं । अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन् ।
त्यसैगरी महिला उपाध्यक्षमा अञ्जना सिवाकोटीले ७७५ मत ल्याउँदै निर्वाचित भएकी छिन् भने महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी विजयी भएका छन्।
त्यसैगरी सचिवमा आकाश घर्ती, ई। रचना सापकोटा, ससीम बाबु खान र अधिवक्ता गोपाल नेपाल विजयी भएका छन्। सचिवालय सदस्यमा ४० जना निर्वाचित भएका छन्।