काठमाडौं । कर्णालीका आन्दोलित कर्मचारी र प्रदेश सरकारबीच १४ बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको छ । स्थानीय तहका कर्मचारीहरू कर्णालीको स्थानीय सेवा गठन तथा सञ्चालन ऐनमा विभेद गरिएको भन्दै दुई साता यता आन्दोलित थिए ।
प्रदेशका ७९ वटै स्थानीय तहका कर्मचारीहरू काम ठप्प पार्दै वीरेन्द्रनगर केन्द्रीत आन्दोलन गरिरहेका थिए । प्रदेश सरकारद्वारा आन्दोलनरत कर्मचारीसँग वार्ता गर्न गठित समितिसँग १४ बुँदे सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो ।
शुक्रबार प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव ९कानुन० वीरेन्द्रबहादुर केसीको संयोजकत्वमा वार्ता तथा सहजीकरण समिति गठन गरेको थियो । उक्त वार्ता तथा सहजीकरण समिति र स्थानीय सेवा कर्मचारी सञ्जाल कर्णाली प्रदेश समिति बीचको वार्ता तथा छलफलपछि सहमति जुटेको हो ।