काठमाडौं । संवैधानिक ब्यवस्था अनुसार हिजो (आइतबार) देशका सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक आय र व्ययको अनुमान (बजेट) सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् ।
कोशी प्रदेशले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख विनियोजन गरेको छ । यस प्रदेशले गत वर्षकोभन्दा केही बढी आकारको बजेट ल्याएको हो ।
यसैगरी मधेस प्रदेशले कूल ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट पेस गरेको छ । आइतबार प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले मधेस प्रदेशसभामा उक्त बजेट पेस गरेका हुन् ।
यसैगरी आइतबार राति बागमती प्रदेशले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रकम बराबरको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री कुन्दनराज काफ्लेले आइतबार प्रदेशभामा बजेट पेस गरेका हुन् । कूल विनियोजनमध्ये चालुतर्फ २६ अर्ब चार करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार विनियोजन गरिएको छ । यसका साथै गण्डकी प्रदेशले ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार बराबरको बजेट ल्याएको छ ।
पूँजीगततर्फ १९ अर्ब नौ करोड ३३ लाख २४ हजार अर्थात् कूल विनियोजनको ५९ दशमलव ७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २५ करोड अर्थात कूल विनियोजनको ०।८ प्रतिशत छ ।
यस्तै गरेर कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा करिब पाँच प्रतिशत बढी हो ।
लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आइतबार लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गरेका छन् । लुम्बिनीले आगामी आर्थिक वर्षका लागि कूल ३८ अर्ब ९१ करोडको बजेट ल्याएको छ । सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३३ अर्व ४७ करोड ६० लाख ४८ हजारको बजेट ल्याएको छ । आइतबार सुदूरपश्चिम प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक वर्षको बजेट पेस गरे ।