काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका १६ जनसंगठनको संयुक्त भेला हुँदैछ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । हालसालै महाधिवशेन सम्पन्न भएका १६ वटा जनसंगठनका इन्चार्ज अध्यक्ष,निवर्तमान अध्यक्ष र महासचिव सहभागी हुनेछन्।
नयाँ नेतृत्वलाई संगठन विस्तार,पार्टी र सरकारले गरेका राम्रा कामहरु जनतासमक्ष पुर्याउने, मिसन ०८४ लाई लक्षित गरेर अघि बढ्ने विषयमा छलफल हुने बताइएको छ ।