काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कार्यकारी निर्देशक बलराम ठाकुरसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ
आयोगले सवारीसाधन खरिदमा भ्रष्टाचार गरेको आरोपमा ठाकुर सहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार मुद्दा दायर भएकाहरुमा ठाकुरसहित बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का लेखापाल सावित्री गिरी, परिषद्का प्रशासकीय अधिकृत चिरंजीबीराज शर्मा ढुङ्गाना, कम्प्यूटर अधिकृत कृष्ण मुरारी सिंह, परिषद्का सवारीचालक विक्की कुमार चौधरी, उपभोक्ता समिति अध्यक्ष विजयकुमार यादव र कोषाध्यक्ष बविता देवी साह, ठेकेदार जितेन्द्र कुमार यादव र ठाकुरकी पत्नी इन्दुलेखा कुमारी ठाकुर रहेका छन्।