काठमाडौं । विशेष अदालतले मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव नम्रता सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । बिहीबार विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यह रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले भ्रष्टाचारी ठहर गरेको हो ।
नक्कली कागजातका आधारमा कार्यक्रम सम्झौता गरी एक करोड रुपैयाँ भुक्तानी गरेको आरोपमा अख्तियारले गत पौष २३ मा सिंहसहित आठ विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको थियो । मुद्धा दायर गरेको पाँच महिनापछि विशेष अदालतले उनलाई भ्रष्ट ठहर गरेको हो ।