काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। मिलन कुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आइतबार विद्युतीय शवदाह गृहको मेसिन खरिद र जडान प्रक्रियामा मिलेमतो गरी १० करोड बढीको सम्पत्ति हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले मुद्दा दायर गरेकाहरुमा कोषका सदस्यसचिव डा. मिलनकुमार थापा, तत्कालीन निमित्त सदस्य सचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, तत्कालीन उपनिर्देशक रेवती रमण अधिकारी, तत्कालीन उपनिर्देशक सिताराम रिसेल, इन्जिनियर पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, पुल्चोक क्याम्पस इलेक्ट्रिकल विभाग प्रमुख युवराज अधिकारी, कानुनी सल्लाहकार तथा मूल्यांकन समिति सदस्य लैनबहादुर थापा, म्याप इन्टरप्राइजेजका सञ्चालक मनोज पुरी र यदुनन्दन भट्टराई र एप्पल इन्जिनियरिङ कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सुरज चापागाईं रहेका छन्।


