काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ ।
आज सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार छापावाल सुनको मूल्य तोलाको १ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्य तोलामा २ हजार ७५ रुपैयाँ कायम भएको छ ।


