काठमाडौं । अस्पतालको बोलपत्र आह्वानमा ६ करोड बढी रकम हानी नोक्सानी पुर्याएको भन्दै मधेस प्रदेशका सांसद दीपेन्द्र कुमार ठाकुरसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियारले उनीहरूले धनुषाको औरही गाउँपालिकाले निर्माण गर्ने भनिएको १५ शय्याको अस्पतालको बोलपत्र आह्वानमा भ्रष्टाचार गरेको जनाएको हो ।
अस्पताल निर्माणका लागि ठेक्का आह्वान हुँदा १२ करोड ३५ लाख ५० हजार २४८ रुपैयाँको न्युनतम लागतमा प्रतिष्ठारधुलिखेलरएक्सिस एसियन जेभीले बोलकबोल लगाउँदा पनि लुम्बिनीरडी एन्ड एन जेभीलाई १९ करोड १४ लाख ६२ हजार ६३२ रुपैयाँमा ठेक्का दिएर हानी नोक्सानी पुर्याएको अख्तियार ठहर छ।