काठमाडौं । निजामती विधेयकमा ६ बुँदे सुधारको माग राख्दै कांग्रेसनिकट कर्मचारी युनियनले पार्टी सभापति शेरवहादुर देउवालाई घेरेको छ ।
नेपाल निजामती कर्मचारी युनियनको टोली निजामती विधेयकका सन्दर्भमा विभिन्न मागसहित आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेको हो ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा संघीय निजामती सेवा विधेयक पेश गर्ने कार्यसूची छ । यही मेसोमा युनियनले विधेयकमा सुधार गर्नुपर्ने विभिन्न मागबारे पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको हो ।
युनियनका नेताहरुसँग सभापति देउवाले निजामती कर्मचारीले उठाएका सरोकारका विषयमा राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडालाई बोलाएर आफूले निर्देशन दिने बताएका थिए ।


